हाम्रो सेवाहरु

बाल विकास हित कोष बचत

Card image

बालबालिकाहरुको वृत्ति विकास गर्नको लागि बाल विकास हित कोष बचत हितकोष योजना लागू गरिएको छ । बालबालिकाहरुको शिक्षा, स्वास्थ्य लगायतका आवश्यकताहरुमा टेवा प्रदान गर्ने उद्देश्यले स्थापित गरिएको बचत नै उक्त कोष हो ।

रेमिट्यान्स (विप्रेषण) सेवा

यस संस्थाले विभिन्न रेमिट्यान्स कम्पनीको एजेन्सी लिई आफ्ना सदस्य तथा गैर-सदस्यहरुलाई रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । सदस्यहरुको सुविधालाई ध्यानमा राखी विप्रेषण सेवाको सुविधा उपलब्ध गराउने उद्देश्यले संसारको जुनसुकै देशहरुबाट पठाएको रकम भुक्तानी लिन सकिने र नेपाल राज्यभरी रकम पठाउन र भुक्तानी गर्न सकिने छ । हाल संस्थामा निम्न अनुसारको रेमिटहरु संचालन गरिरहेको छ ।
हिमाल रेमिट,आइएमइ, प्रभु, सिटी, जेएम्ई, वेस्टर्न युनियन, बेश्ट, इजी लिंक, पृथ्वी रेमिट आदि ।

Card image

मुख हेराई एवम् सुत्केरी पोषण

Card image

यस संस्थाको महिला सदस्य सुत्केरी हुँदा नवजात शिशुको मुख हेर्ने तथा सुत्केरी सदस्यलाई पोषण खर्च वापत बढीमा २ पटक सम्म सुत्केरी पोषण तथा औषधी उपचार शुल्क रु. १५०००/- (अक्षरेपी पन्ध्र हजार रुपैयाँ मात्र) उपलब्ध गराउने गरिएको छ । कोष संचालनका लागी सदस्यज्यूहरुबाट दैनिक एक रुपैयाँका दरले बार्षिक रुपमा दान स्वरुप लिने गरीएको छ।
(नोट : सुत्केरी पोषण तथा औषधी उपचार खर्च लिन कम्तीमा सदस्य भएको १२ महिना हुनुपर्नेछ ।)

टेवा ज्येष्ठ नागरिक हितकोष

यस संस्थाका ज्येष्ठ शेयर सदस्यहरुलाई सेवा प्रदान गर्ने उद्देश्य राखी यस संस्थाले ज्येष्ठ नागरिक हितकोष सञ्चालन गरेको छ । संस्थाले ज्येष्ठ नागरिक गृह बनाउनका लागि जग्गा खरिद गर्नी योजना रहेको छ । कोष संचालनका लागी सदस्यज्यूहरु सँग दैनिक तीन रुपैयाँका दरले वार्षिक रुपमा दान स्वरुप लिने गरीएको छ । यस संस्थामा सदस्यता लिएको ५ वर्ष पुरा भएका ६९ वर्ष उमेर पुरा भई ७० वर्ष लागेका ज्येष्ठ नागरिक सदस्यहरुलाई सम्मान स्वरुप वार्षिक रु. १५०००/(अक्षरेपी पन्ध्र हजार रुपैयाँ मात्र) उपलब्ध गराउने गरिएको छ ।

Card image

टेवा स्वास्थ्य हितकोष बचत

Card image

यस संस्थामा आबद्ध शेयर सदस्यहरुलाई शेयर सदस्यहरुको दुर्घटना तथा स्वास्थ्य क्षेत्रमा गम्भीर प्रकृतिका रोगहरुको उपचारमा सघाउन, दुर्घटना र कालगतिले जीवन गुमाउने सदस्यहरुका आफन्तलाई आर्थिक सहयोग पुर्याउन ,अस्पताल भर्ना भएर स्वास्थ्य उपचार गर्दा आर्थिक सहयोग पुर्याउने गरीएको छ । कोष संचालनका लागी सदस्यज्यूहरु संग दैनिक छ रुपैयाका दरले वार्षिक रुपमा दान स्वरुप लिने गरीएको छ । औषधी उपचार खर्च अधिकतम रु. ५०,०००/(अक्षरेपी पचास हजार रुपैया ) र संस्कार खर्च बापत रु. ५०,०००/(अक्षरेपी पचास हजार रुपैया ) उपलब्ध गराउने गरिएको छ ।

 कोष सुविधा लिन निम्न अनुसार ब्यवस्था रहेको छः

क्र.स शीर्षक ब्यवस्था
(१२) कोषको सुविधा नपाउने अवस्था औषधी उपचार खर्च लिन कम्तीमा सदस्य भएको १२ महिना हुनुपर्ने ।
(१२) कोषको सुविधा नपाउने अवस्था संस्थाले उपलब्ध गराउने रकमलाई १०० प्रतिशत मानि निम्न अनुसार काजक्रिया खर्च उपलब्ध गराउने ।
सदस्य भई स्वास्थ्य हितकोतमा कम्तीमा ३६ महिना योगदान पुर्याएका सदस्यको निधन भएमा ५० प्रतिशत उपलब्ध गराउने ।
सदस्य भई स्वास्थ्य हितकोषमा कम्तीमा ६० महिना योगदान पुर्याएका सदस्यको निधन भएमा १०० प्रतिशत उपलब्ध गराउने ।
(१४) उपचार खर्च भुक्तानी सम्बन्धि ब्यवस्था संस्थाले उपलब्ध गराउने अधिकतम रकमलाई १०० प्रतिशत मानी निम्न अनुसार खर्च उपलब्ध गराउने ।
क) ५०,००० भन्दा कम शेयर भएका सदस्य अधिकतम २५ प्रतिशत उपलब्ध गराउने ।
ख) ५०,१०० देखी ९९,९०० सम्म शेयर भएका सदस्य अधिकतम ५० प्रतिशत उपलब्ध गराउने ।
ग) १००,०० भन्दा माथि शेयर भएका सदस्य अधिकतम १०० प्रतिशत उपलब्ध गराउने ।

टेवा स्मार्ट बैंकिङ्ग

टेवा स्मार्ट बैंकिङ्ग एप मार्फत यस संस्थाले आफ्ना सदस्यहरुलाई डिजिटल मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । सदस्यहरुले आफ्नो खाताको ब्यालेन्स चेक गर्ने, स्टेटमेन्ट हेर्ने लगायत युटिलिटी बिल पेमेन्ट, रिचार्ज गर्ने, ई–सेवा तथा खल्ती वालेटमा लोड गर्ने, एक सदस्यबाट अर्काे सदस्यको खातामा ब्यालेन्स ट्रान्सफर तथा इन्टर बैंक ट्रान्सफर सुविधा सहित अन्य सुविधा युक्त बैंकिङ्ग एप सञ्चालनमा ल्याएका छौं । उक्त सुविधा उपभोग गर्ने सदस्यले वार्षिक १५०।– भुक्तानी गर्नुपर्ने हुन्छ । उक्त मोवाइल बैंकिङ्ग सुविधा Play Store तथा App Store बाट डाउनलोड गरी संस्थामा स्मार्ट बैंकिङ्गको फर्म भरी स्मार्ट बैंकिङ्ग एप चलाउन सकिनेछ । उक्त App डाउनलोड गर्न QR Code स्क्यान गर्न सकिनेछ । टेवा बहुउद्देश्यीय सहकारी संस्था लि.मा रहेको आफ्नो खाताको रकम नेपालका अधिकाँश बैंक तथा वित्तिय संस्थामा रहेको आफ्नो खातामा ट्रान्सफर गर्न सकिने ब्यवस्था रहेको छ ।

Card image