संस्थाको परिचय

संस्थाको ऐतिहासिक पृष्ठभूमि

२०६४ साल श्रावण १६ गते ६ जना महिला र ३४ जना पुरुष गरी ४० जना सदस्यहरुको भेलाबाट प्रतिव्यक्ति एक-एक लाख शेयर पूँजीबाट स्थापना भएको संस्थाले, कम पूँजी तथा निम्न आय भएका श्रमिक, किसान, साना-व्यापारी, उद्यमी र सर्वसाधारणलाई सदस्यता प्रदान गरी सदस्यको आर्थिक जीवनस्तर उकास्ने काम गरेको छ । हाम्रो यस सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई जन्मदेखि मृत्युपर्यन्त सेवा दिई रहेको छ, जसका कारण सहकारीले आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ । तत्कालिन डिभिजन सहकारी कार्यालय ललितपुरमा २०६४ श्रावण १६ गते दर्ता भई २०६४ साल असोज १ गतेबाट कारोबार शुरुवात गरी अहिले हामी १५ औं वर्ष पुरा भई १६ औं वर्षमा संचालित छौं । डेढ दशक भन्दा लामो ईतिहास रचेको यस संस्था आज हामीहरु बीच गरिमामय संस्थाको रुपमा स्थापित भइसकेको छ । सदस्यहरुलाई सामाजिक, साँस्कृतिक र आर्थिक रुपमा समृद्ध बनाउने यस संस्थाको मुख्य उद्देश्य रहेको छ । यस संस्थाको कार्यक्षेत्र ललितपुर जिल्ला भित्रको ललितपुर महानगरपालिकाको वडा नं १ देखि वडा नं २९ सम्म, गोदावरी नगरपालिकाको वडा नं १ देखि वडा नं १४ सम्म र महालक्ष्मी नगरपालिकाको वडा नं १ देखि वडा नं ४ सम्म रहेको छ ।

Card image

संस्थाको उद्देश्य : (Our Mission)

सदस्यहरुलाई सामाजिक, साँस्कृतिक र आर्थिक रुपमा समृद्द बनाुउनको लागि देहाय बमोजिमको कार्यहरु गर्नु संस्थाको मुख्य उद्देश्य हुनेछ ।

१. संस्थामा आवद्द सदस्यहरुको आर्थिक अवस्था सुधार गर्नका लागि आवश्यक सुविधा प्रदान गर्ने ।

२. नियमित रुपमा सदस्यहरुबाट निक्षेप संकलन गर्नको लागि आवश्यक सुविधा प्रदान गर्ने ।

३. उत्पादनशिल, आयमूलक र सिपमूलक उद्देश्यका लागि सदस्यहरुलाई उचित ब्याजदरमा ऋृण प्रदान गर्ने ।

४. संस्थामा आवश्यकता अनुसारको तरलता व्यवस्थापन गर्ने ।

५. संस्थाको सदस्यहरुको जिवनस्तर माथि उठाउन सम्बन्धित निकायहरुको इजाजत लिई आयमूलक, सिपमूलक, उत्पादनमूलक एवम् स्वास्थ, शिक्षा, खेलकुद, आवास, सञ्चार, तालिम र वातावरण संरक्षण एवम् सुधारका कार्यहरु गर्ने । साथै स्वरोजगारिको लागि विभिन्न व्यवस्था मिलाउने ।

६. बालबालिका तथा ज्येष्ठ नागारिकहरुको हेरचाह र सुविधाका लागि बिशेष व्यवस्था मिलाउने ।

७. कृषि व्यवसायिकिकरणमा सहयोग पुर्याउने ।

८. महिला सशक्तिकरण सम्बन्धित कार्यक्रम संचालन गर्ने ।

संस्थाको लक्ष्य : (Our Goal)

१. सदस्य केन्द्रित बैंकिङ कारोबार गर्ने ,

२. सदस्य र समुदायलाई सेवा पुग्ने गरि व्यवसाय गर्ने,

३. सहकारीका मूल्य-मान्याता अनुशरण गर्ने,

४. सदस्यको व्यवसाय र व्यवहारीक जिवानमा सहयोग गर्ने,

५. समुदायप्रतिको जिम्मेवारी पूरा गर्ने, स्वास्थ्य, शिक्षा र वातावारणिय सुधारको काम गर्ने र सदस्य केन्द्रित विशेष कार्यक्रम सञ्चालन गर्ने ।

 

संस्थाको ध्येय : (Our Mission)

गुणस्तरिय वितिय सेवा र परामर्श प्रदान गरि व्यबसाय प्रवर्धन, आर्थिक रुपान्तरण र दिगो विकासमा योगदान पुर्याउने ।

संस्थाको परिकल्पना : (Our Vision)

सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको लागि समुदायमा आधारित सहकारी संस्था ।