वि.सं. २०६४ साल श्रावण १६ गते ६ जना महिला र ३४ जना पुरुष गरी जम्मा ४० जना सदस्यहरूको भेलाबाट प्रतिव्यक्ति रु. १,००,००० (एक लाख) शेयर पूँजी संकलन गरी यस संस्थाको स्थापना गरिएको हो। प्रारम्भिक चरणदेखि नै कम पूँजी भएका तथा निम्न आयस्तरका श्रमिक, किसान, साना व्यापारी, उद्यमी तथा सर्वसाधारणलाई सदस्यता प्रदान गर्दै उनीहरूको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले संस्था निरन्तर क्रियाशील रहँदै आएको छ।
यस संस्था तत्कालीन डिभिजन सहकारी कार्यालय, ललितपुरमा वि.सं. २०६४ साल श्रावण १६ गते दर्ता भई वि.सं. २०६४ साल असोज १ गतेदेखि औपचारिक रूपमा कारोबार सञ्चालनमा आएको हो। हाल संस्था सफलतापूर्वक १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरिसकेको छ। करिब दुई दशकको गौरवशाली यात्रा तय गरेको यस संस्था आज सदस्यहरूबीच एक गरिमामय तथा विश्वसनीय संस्थाको रूपमा स्थापित हुन सफल भएको छ।
सदस्यहरूलाई सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बनाउने उद्देश्यका साथ संस्था अगाडि बढिरहेको छ। संस्थाको कार्यक्षेत्र ललितपुर जिल्लाभित्रका ललितपुर महानगरपालिकाका वडा नं. १ देखि २९ सम्म, गोदावरी नगरपालिकाका वडा नं. १ देखि १४ सम्म तथा महालक्ष्मी नगरपालिकाका वडा नं. १ देखि ४ सम्म रहेको छ।
सदस्यहरुलाई सामाजिक, साँस्कृतिक र आर्थिक रुपमा समृद्द बनाुउनको लागि देहाय बमोजिमको कार्यहरु गर्नु संस्थाको मुख्य उद्देश्य हुनेछ ।
१. संस्थामा आवद्द सदस्यहरुको आर्थिक अवस्था सुधार गर्नका लागि आवश्यक सुविधा प्रदान गर्ने ।
२. नियमित रुपमा सदस्यहरुबाट निक्षेप संकलन गर्नको लागि आवश्यक सुविधा प्रदान गर्ने ।
३. उत्पादनशिल, आयमूलक र सिपमूलक उद्देश्यका लागि सदस्यहरुलाई उचित ब्याजदरमा ऋृण प्रदान गर्ने ।
४. संस्थामा आवश्यकता अनुसारको तरलता व्यवस्थापन गर्ने ।
५. संस्थाको सदस्यहरुको जिवनस्तर माथि उठाउन सम्बन्धित निकायहरुको इजाजत लिई आयमूलक, सिपमूलक, उत्पादनमूलक एवम् स्वास्थ, शिक्षा, खेलकुद, आवास, सञ्चार, तालिम र वातावरण संरक्षण एवम् सुधारका कार्यहरु गर्ने । साथै स्वरोजगारिको लागि विभिन्न व्यवस्था मिलाउने ।
६. बालबालिका तथा ज्येष्ठ नागारिकहरुको हेरचाह र सुविधाका लागि बिशेष व्यवस्था मिलाउने ।
७. कृषि व्यवसायिकिकरणमा सहयोग पुर्याउने ।
८. महिला सशक्तिकरण सम्बन्धित कार्यक्रम संचालन गर्ने ।
१. सदस्य केन्द्रित बैंकिङ कारोबार गर्ने ,
२. सदस्य र समुदायलाई सेवा पुग्ने गरि व्यवसाय गर्ने,
३. सहकारीका मूल्य-मान्याता अनुशरण गर्ने,
४. सदस्यको व्यवसाय र व्यवहारीक जिवानमा सहयोग गर्ने,
५. समुदायप्रतिको जिम्मेवारी पूरा गर्ने, स्वास्थ्य, शिक्षा र वातावारणिय सुधारको काम गर्ने र सदस्य केन्द्रित विशेष कार्यक्रम सञ्चालन गर्ने ।
गुणस्तरिय वितिय सेवा र परामर्श प्रदान गरि व्यबसाय प्रवर्धन, आर्थिक रुपान्तरण र दिगो विकासमा योगदान पुर्याउने ।
सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको लागि समुदायमा आधारित सहकारी संस्था ।