निक्षेप योजना

अनिवार्य नियमित बचत खाता

Card image

  • (क) सदस्यहरुले मासिक रुपमा न्यूनतम रु. १०००।– देखि माथि नियमित रुपमा जम्मा गर्न सकिनेछ ।
  • (ख) खाताको अवधी ५ वर्षको हुनेछ । ५ वर्षपछि जम्मा भएको रकमलाई शेयरमा रुपान्तरण गर्न वा फिर्ता लिन सकिनेछ ।
  • (ग) प्रत्येक महिनाको ७ गते सम्म रकम जम्मा गरिसक्नु पर्नेछ ।
  • (घ) यस बचत खातामा जम्मा भएको रकमको ९० प्रतिशत सम्म कर्जा प्रदान गर्न सकिनेछ ।
  • (ङ) दैनिक  मौज्दातको आधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरिनेछ ।

साधारण बचत खाता

  • (क) न्युनतम मौज्दात रु. ५००।– मा खाता संचालन गर्न सकिने छ ।
  • (ख) दैनिक  मौज्दातको आधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने ।
  • (ग) चाहेको बखत रकम जम्मा गर्न र झिक्न सकिने ।

Card image

नारी बचत खाता

Card image

  • (क) न्युनतम मौज्दात रु. १०००।– मा खाता संचालन गर्न सकिने छ ।
  • (ख) दैनिक वा मासिक रुपमा रकम जम्मा गर्न सकिने ।
  • (ग) दैनिक  मौज्दातकोआधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने ।

ऋमिक बचत खाता

  • (क) न्युनतम मौज्दात रु. १००।– मा खाता संचालन गर्न सकिनेछ ।
  • (ख) अवधी पुरा भएपछि जम्मा भएको रकम एकमुष्ठ रुपमा प्रदान गरिने ।
  • (घ) दैनिक  मौज्दातको आधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने ।
  • (ङ) रु. २५।– भन्दा माथी क्रमिक रुपमा जम्मा गर्न सकिने ।
  • (च) यस बचत खातामा जम्मा भएको रकमको ९० प्रतिशत सम्म कर्जा प्रदान गर्न सकिने ।
  • (छ) यस बचत योजनामा सहभागी हुने सदस्यले दैनिक रुपमा जम्मा गर्ने रकम समान हुनुपर्ने ।

Card image

टेवा सुपर बचत खाता

Card image

  • (क) न्युनतम मौज्दात रु.१०,०००।– मा खाता संचालन गर्न सकिनेछ ।
  • (ख) न्युनतम मौज्दात रु. १०,०००/- रहने गरी चाहेको बखत रकम जम्मा गर्न र झिक्न सकिनेछ ।
  • (ग) दैनिक मौज्दातको आधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने ।
  • (घ) चाहेजति रकम जम्मा गर्न र झिक्न सकिने ।

बाल बचत (खुत्रुके बचत) खाता

  • (क) न्युनतम मौज्दात रु. १००।– मा खाता संचालन गर्न सकिने छ ।
  • (ख) शेयर सदस्यको परिवारका कुनैपनि सदस्यले खाता खोल्न सकिने ।
  • (ग) संस्थाबाट खुत्रुके प्रदान गरिने ।
  • (घ) दैनिक  मौज्दातको आधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने ।
  • (ङ) १८ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु यस योजनामा सहभागि हुन पाउने ।
  • (च) जन्मदिनको अवसरमा केक उपहार पाइने।

Card image

आवधिक (मुद्धती बचत खाता)

Card image

  • (क) न्युनतम रु. २५,०००/- देखि बचत गर्न सकिने ।
  • (ख) सदस्यले ३ महिना देखि ३ वर्ष सम्मको अवधि तोकेर रकम जम्मा गर्न सकिने ।
  • (ग) आवधिक (मुद्धती) बचत खातामा सम्झौता अनुरुप ब्याज प्रदान गरिने ।
  • (घ ) यस बचत योजना अन्तर्गत बाल बचत कर्ता नाममा रहेका बाहेक सदस्यहरुलाई बीचमा रकम आवश्यक भए जम्मा भएको रकमको ९० प्रतिशत सम्म कर्जा प्रदान गरिनेछ । कर्जाको ब्याजदर यस बचतमा प्रदान गरिएको ब्याजमा २ प्रतिशत थप लाग्ने छ । अन्य प्रक्रियागत शुल्क लिईने छैन ।
  • (ङ) आवधिक (मुद्धती) बचत खातामा जम्मा गरेका रकमको म्याद समाप्त भएपछि सदस्यले चाहेमा नविकरण वा भुक्त्तानी लान सकिनेछ ।

शेयर डिपोजिट बचत खाता

  • (क) न्युनतम मौज्दात रु. १००।– मा खाता संचालन गर्न सकिने छ ।
  • (ख) खातामा जम्मा भएको रकम शेयरमा रुपान्तरण गर्न सकिने ।
  • (ग) दैनिक  मौज्दातको आधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने ।

Card image

घरभाडा बचत खाता

Card image

  • (क) न्युनतम मौज्दात रु. १००।– मा खाता संचालन गर्न सकिने छ ।
  • (ख) न्युनतम मौज्दात रु. १००।– रहने गरी चाहेको बखत रकम झिक्न सकिने ।
  • (ग) दैनिक  मौज्दातको आधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने ।
  • (घ) चाहेजति रकम जम्मा गर्न र झिक्न सकिने ।
  • ( ङ ) मासिक रुपमा घरभाडा रकम जोहो गर्नुपर्ने सदस्यहरु यस बचत योजनामा सहभागि हुन सक्नुहुनेछ ।

जेष्ठ नागरिक बचत खाता

  • (क) न्युनतम मौज्दात रु. १०००।– मा खाता संचालन गर्न सकिने छ ।
  • (ख) दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गर्न सकिने ।
  • (ग) दैनिक  मौज्दातकोआधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने ।
  • (घ) खाताको विशेषता र बचतको सिमा तथा ब्याजदर समय सापेक्ष सञ्चालक समितिले निर्धारण गरे बमोजिम हुने ।
  • (ङ) यस बचत योजनामा ६० वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुले मात्र सहभागि हुन पाउनुहुनेछ ।

Card image

रेमिटेन्स बचत खाता

Card image

  • (क) न्युनतम मौज्दात रु. ५००।– मा खाता संचालन गर्न सकिने छ ।
  • (ख) बैदेशिक रोजगार, व्यापार तथा व्यवसाय र अन्य आय-आर्जन हुने कार्यको लागि विदेशमा बस्ने शेयर सदस्य वा सदस्यको परिवारका सदस्यले दैनिक, साप्ताहिक वा मासिक रुपमा यस बचत योजनामा रकम जम्मा गर्न सकिने ।
  • (ग) दैनिक  मौज्दातको आधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने ।
  • (घ) खाताको विशेषता ,सीमा र ब्याजदर समय सापेक्ष सञ्चालक समितिले निर्धारण गरे बमोजिम हुने ।
  • (ङ) यस बचत योजनामा वैदेशिक रोजगार, व्यापार तथा व्यवसाय र अन्य आय-आर्जन हुने कार्यको लागि विदेशमा बस्ने शेयर सदस्य वा सदस्यको परिवारका सदस्यले मात्र सहभागि हुन पाउने ।

टेवा कर्पोरेट बचत खाता

  • (क) न्युनतम मौज्दात रु. ५०००।– मा खाता संचालन गर्न सकिने छ ।
  • (ख) दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गर्न सकिने ।
  • (ग) दैनिक  मौज्दातकोआधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने ।
  • (घ) खाताको अवधी समय सापेक्ष सञ्चालक समितिले निर्धारण गरे बमोजिम हुने ।
  • (छ) यस बचत योजनामा सहकारी ऐन २०७४ को दफा ३० (२) बमोजिम नाफा कमाउने उद्देश्य नभएका नेपाल सरकार, प्रदेश सरकारका निकायहरु, स्थानीय तहका साथै संस्थाको कार्यक्षेत्र भित्रका सहकारी विद्यालय र सामूदायिक विद्यालय, गुठी, स्थानीय क्लब,स्थानीय तहमा गठन भएका गैर-नाफामूलक संस्था, उत्पादन र सेवामूलक संघ संस्था, उपभोक्ता समूहहरु सहभागि हुन पाउने ।

Card image

बिमा प्रिमियम बचत खाता

Card image

  • (क) न्युनतम मौज्दात रु. ५००।– मा खाता संचालन गर्न सकिने छ ।
  • (ख) दैनिक  मौज्दातको आधारमा ब्याज प्रदान गरिने ।
  • (ग) न्युनतम मौज्दात रु. ५००।– रहने गरी चाहेको बखत रकम झिक्न सकिने ।
  • (घ) त्रैमासिक रुपमा ब्याज प्रदान गरिने ।
  • (ङ) बचतको ब्याजदर समय सापेक्ष सञ्चालक समितिले निर्धारण गरे बमोजिम हुने ।
  • (च) खाताको अवधी बिमा लेखमा उल्लेख भएको बिमाको अवधि बराबर हुने ।
  • (छ) सदस्यहरुले गरेको बिमा रकमको प्रिमियम रकम भुक्तानी गर्नको लागि यस बचत खाता सञ्चालन गर्न सकिने छ ।

पर्व बचत खाता

  • (क) न्युनतम मौज्दात रु. ५००।– मा खाता संचालन गर्न सकिने छ ।
  • (ख) दैनिक  मौज्दातको आधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने ।
  • (ग) न्युनतम मौज्दात रु. ५००।– रहने गरी चाहेको बखत रकम झिक्न सकिने ।
  • (घ) त्रैमासिक रुपमा ब्याज प्रदान गरिने ।
  • (ङ) सदस्यहरुले मनाउने चाडपर्व, उत्सव, धार्मिक तथा साँस्कृतिक कार्य गर्नको लागि यस बचत खाता सञ्चालन गर्न सकिने छ ।

Card image

जेष्ठ नागरिक तथा एकल महिला बचत

Card image

     
रु. १ लाख रु. १५००।– रु. ९००।–
रु. २ लाख रु. ३०००।– रु. १८००।–
रु. ३ लाख रु. ६०००।– रु. २६००।–
रु. ४ लाख रु. ९०००।– रु. ३४००।–
रु .५ लाख रु. १२०००।– रु. ४२००।–