अध्यक्षज्यूको भनाई

अध्यक्षज्यूको भनाई

Card image

हाम्रो संस्था संचालन अवधिको १५ औं वर्ष पूरा गरी १६ औं वर्षमा प्रवेश गरेको सुखद खबर आदरणीय शेयरसदस्य महानुभावहरु समक्ष जानकारी गराउन पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ । हाम्रो संस्थाले गत आ.व. ०७७/०७८ को तुलनामा चालु अ.व ०७८/०७९ मा समग्र वित्तिय कारोबार लगायत अन्य विविध क्षेत्रमा सन्तोषजनक प्रगती हासिल गर्न सफल भएको छ ।

सदस्यहरूको आर्थिक, सामाजिक र साँस्कृतिक आवश्यकता पूरा गरी उनीहरूलाई समृद्ध बनाउन सहयोग पुरायाउने सम्पूर्ण वित्तीय समाधान सहितको पहिलो छनौटको सबल र सक्षम संस्थाको रूपमा स्थापित गर्ने परिकल्पनालाई पूरा गर्ने प्रक्रियामा संस्थामा आबद्ध सम्पूर्ण सहकारीकर्मीहरूको योगदान अतुलनीय छ । वित्तीय सहकारी अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सक्षमताको विकासको साथै संस्थाको सपनालाई सार्थक बनाउन संस्थाले चालेका विभिन्न अभियानमा यस संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उपसमितिहरू, कर्मचारीहरू लगायत सदस्य एवं बालबचतकर्ताहरूको नियमित सहयोगले यस संस्थाको संख्यात्मक तथा गुणात्मक क्षेत्रमा प्रगतिको उल्लेखनीय फड्को मार्न सक्षम भएको छ ।

आगामी दिनमा संस्थाले सदस्य र समुदायको विकास एवम् जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने कार्यक्रम ल्याउनुपर्छ र त्यसको केही खाकाहरु तयार भइसकेका पनि छन । मलाई विश्वास छ टेवाको अनुभवी समूहले संस्थाले अगाडि ल्याएका सबै योजनालाई विगतमा जस्तै भविष्यमा पनि सफल बनाउँदै लैजानेछ । हामीलाई माया र सहयोग गर्ने सबैलाई हार्दिक आभार सहित धन्यवाद दिन चाहन्छु ।

जय सहकारी ! जय टेवा !
लब कुमार खड्का
अध्यक्ष

व्यवस्थापकको प्रतिवद्धता

हाम्रो यस टेवा बुहउद्देश्यीय सहकारी संस्था लि. लामो समयको देखी संचालन रही , राष्ट्रिय रुपमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएको छ । यस संस्थाले राष्ट्रिय रुपमा प्राप्त गरेको विभिन्न सम्मानहरु सदस्यहरुले संस्थाप्रति गर्नुभएको अगाध स्नेह, विश्वास र योगदानको परिणाम हो । सहकारीको माध्यमबाट विभिन्न व्यवस्थापकत्तिय तथा गैर-वित्तिय सेवाहरु मार्फत सदस्यहरुको आर्थिक सामाजिक सास्कृतिक उन्नतीमा टेवा पुर्याउने ध्येयका साथ क्रियाशिल यस सहकारी संस्थामा २०६४ सालदेखि सदस्यहरुको सेवामा समर्पित भई कार्य गर्ने अवसर प्राप्त भएकोमा यस संस्थाका पुर्व तथा वर्तमान संचालकज्यूहरु, कर्मचारी मित्रहरु , समस्त सदस्य एवं शुभचिन्तक महानुभावहरुमा हार्दिक आभार प्रकट गर्न चाहन्छु । साथै हामी सम्पूर्ण कर्मचारीहरु सदैव संस्थामा आवद्ध सदस्यहरुको आवश्यकता र सन्तुष्टिमा केन्द्रीत भई गुणस्तरीय सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन प्रतिवद्ध छौं ।

रवि थापा
व्यवस्थापक

Card image