अध्यक्षज्यूको भनाई

अध्यक्षज्यूको भनाई

Card image

हाम्रो संस्था सञ्चालन अवधिको १८ औं वर्ष सफलतापूर्वक पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको सुखद अवसरमा आदरणीय शेयर सदस्य महानुभावहरू समक्ष यो जानकारी गराउन पाउँदा म अत्यन्तै हर्षित छु।

हाम्रो संस्थाले गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा चालु आर्थिक वर्ष २०८१/०८२ मा समग्र वित्तीय कारोबार तथा अन्य विविध क्षेत्रमा सन्तोषजनक प्रगति हासिल गर्न सफल भएको छ। सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकताहरू पूरा गर्दै उनीहरूलाई समृद्ध बनाउने उद्देश्यसहित सम्पूर्ण वित्तीय समाधान प्रदान गर्ने पहिलो रोजाइको सबल तथा सक्षम संस्थाको रूपमा स्थापित हुने हाम्रो परिकल्पना क्रमशः साकार हुँदै गएको छ।

यस उपलब्धिमा संस्थामा आबद्ध सम्पूर्ण सहकारीकर्मीहरूको योगदान अत्यन्तै महत्वपूर्ण र सराहनीय रहेको छ। साथै, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमितिहरू, कर्मचारीहरू, तथा सदस्यहरूको निरन्तर सहयोग र सहभागिताले संस्थालाई संख्यात्मक तथा गुणात्मक दुवै क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न सक्षम बनाएको छ।

 

हामीलाई निरन्तर माया, विश्वास र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरूमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्न चाहन्छु।

जय सहकारी! जय टेवा!

लब कुमार खड्का
अध्यक्ष

व्यवस्थापकको प्रतिवद्धता

हाम्रो यस टेवा बुहउद्देश्यीय सहकारी संस्था लि. लामो समयको देखी संचालन रही , राष्ट्रिय रुपमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएको छ । यस संस्थाले राष्ट्रिय रुपमा प्राप्त गरेको विभिन्न सम्मानहरु सदस्यहरुले संस्थाप्रति गर्नुभएको अगाध स्नेह, विश्वास र योगदानको परिणाम हो । सहकारीको माध्यमबाट विभिन्न व्यवस्थापकत्तिय तथा गैर-वित्तिय सेवाहरु मार्फत सदस्यहरुको आर्थिक सामाजिक सास्कृतिक उन्नतीमा टेवा पुर्याउने ध्येयका साथ क्रियाशिल यस सहकारी संस्थामा २०६४ सालदेखि सदस्यहरुको सेवामा समर्पित भई कार्य गर्ने अवसर प्राप्त भएकोमा यस संस्थाका पुर्व तथा वर्तमान संचालकज्यूहरु, कर्मचारी मित्रहरु , समस्त सदस्य एवं शुभचिन्तक महानुभावहरुमा हार्दिक आभार प्रकट गर्न चाहन्छु । साथै हामी सम्पूर्ण कर्मचारीहरु सदैव संस्थामा आवद्ध सदस्यहरुको आवश्यकता र सन्तुष्टिमा केन्द्रीत भई गुणस्तरीय सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन प्रतिवद्ध छौं ।

रवि थापा
व्यवस्थापक

Card image